नेपालःसम्भावनाको अन्त्य होइन अहिलेको अन्योल

शान्ति र स्थिरताको टाकुरा मात्र हैन, समृद्धि र प्रगतिको हिमाल चढ्नु छ अब

-जीवन क्षेत्री

शान्ति र स्थिरता पक्कै हाम्रा लागि अपरिहार्य छ तर हाम्रो अन्तिम लक्ष्य त त्योभन्दा धेरै टाढा छ। हामीलाई प्रगति, समृद्धि र सन्तुलित विकास चाहिएको छ। अर्थतन्त्रको कायापलट चाहिएको छ, अदक्ष श्रमको निर्यात र दाताहरुको सहयोगमा मात्र टिकेको नाजुक अर्थतन्त्रको ठाउँमा समयअनुसारको उत्पादकत्व भएको र देशमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने नयाँ खालको अर्थतन्त्र चाहिएको छ। विश्व अर्थतन्त्रमा अशुभ संकेतहरु देखिएर तेलको मूल्य निरन्तर झरिरहँदा कतै तेल उत्पादक खाडी राष्ट्रमा केन्द्रित हाम्रो वैदेशिक रोजगार ओरालो लाग्ने त हैन भन्ने प्रश्नको जवाफसम्म खोज्न सक्ने राजनीतिक नेतृतव चाहिएको छ। विस्तृतमा

 

यसपाली त ओतै डुब्यो...

शोभा शर्मा/प्रकाश लामा

‘यसका बाजेबराजुले बनाएको घर थियो त्यो, भूकम्पले आधा त भत्काइदियो,’ सृजनाकी आमाले फेरि आफ्नो घर सम्झिइन्। र घोप्टो परेर हिलोमा डुबेका सामान झिक्न थालिन्। अर्को पालको बाहिर पट्टी  थिइन् तारा नकर्मी। उनले लगाएको म्याक्सीभरि हिलो थियो। ‘खोला त हाम्रो घाँटी घाँटी आएको थियो,’ उनले भनिन्, ‘१२ गते देखि घर फर्केर पनि जान सकेनौँ, अब कहाँ जाने होला।’ विस्तृतमा

एउटा ‘फिलिलि’ इन्टरभ्यू

-गिरीश गिरी

‘नेपाली फिल्मको इतिहासमै पहिलोपटक संसारभर जहाँ जहाँ नेपाली जाति पुगेका छन् त्यहाँ त्यहाँ नेपाली सिनेमाको प्रदर्शन भयो,’ उनी भन्छन्, ‘कुनै समय जापानको गिञ्जामा रजनीकान्तको सिनेमा हेरेर मैले नेपाली सिनेमाबारे जुन कल्पना गरेको थिएँ त्यसलाई आफैँले साकार पार्न सकेँ।’ विस्तृतमा

दण्डहीनताले जन्माएको टिकापुर हिंसा

पोष्टबहादुर बस्नेत

हिजोसम्म अग्राधिकार र छुट्टिन पाउने सक्ने गरी जातीय राज्यको निर्माण हुनुपर्छ भन्ने तर्क गर्ने भट्टराईलाई राजनीति गर्न सहज छैन (हेर्नुस् उनका राजनीतिक पर्चाहरू)। यसै कारण त दोष जति सबै शेरबहादुर देउवा र भीम रावललाई थुपार्छन्। तर उनले बुझेको हुनुपर्छ, उनी जति थरूहट प्रदेश बनाउनका लागि दबाबमा छन्, अखण्ड सुदूरपश्चिम पक्षधर आन्दोलनकारीबाट देउवा र रावल मात्र होइन उनकै पार्टीका लेखराज भट्ट पनि उत्तिकै दबाबमा छन्। विस्तृतमा